नियम १०
कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्न सूचना दिनु पर्ने
(१) कुनै दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको प्रकृति वा उद्देश्य परिवर्तन गर्नुभन्दा पन्ध्र दिन अगावै सम्बन्धित कर अधिकृतलाई सो कुराको सूचना दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्राप्त गरेपछि सम्बन्धित कर अधिकृतले दर्ता भएको व्यक्तिको कारोबारको प्रकृति वा उद्देश्यलाई परिवर्तन गरी त्यसको जानकारी त्यस्तो दर्ता भएको व्यक्तिलाई दिनु पर्नेछ ।